नागरिकका लागि प्रहरीकाे सचेतना कार्यक्रम गाैमुखिमा सम्पन्न

नागरिकका लागि प्रहरीकाे सचेतना कार्यक्रम गाैमुखिमा सम्पन्न


लागू ओैषध दुर्ब्यसन, लाैंगिक हिंसा, अपराध राेकथाम र महिला हिंसा सम्बन्धि सचेतामुलक कार्यक्रम जिल्ला प्रहरी कार्यलय प्युठानकाे समन्वयमा र गाैमुखि गाउपालिका वडा नम्बर सातकाे नारीकाेट र वडा नम्बर पाचकाे खुङ्गमा सम्पन्न भएकाे छ।


प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा तीन महिने सचेतना कार्यक्रमकाे अभियान जिल्लाकाे गाैमुखि गाउपालिकाबाट सुभारम्भ गरिएकाे हाे।
समाजमा हुने कुनैपनि अपराधहरु नलुकाउन अनुराेध गर्दै प्रमुख जिल्ला अधिकारीले यश कार्यक्रम बाट सबै नागरिकले राम्रो पाठ सिकेर ब्यबाहारमा लागू गर्न अनुराेध गर्नुभयाे।


कार्यक्रममा श्री बर्दबहादुर गर्णका प्रमुख रमेश थापा,जिल्ला प्रहरी कार्यलय प्युठानका प्रमुख ईश्वर थापा,शसस्त्र प्रहरी बल प्युठानका प्रमुख नवीन कुमार अपहरी,प्रधानमन्त्री कर्षि आधुनिक करण परियाेजना परियाेजना कार्यनयन ईकाई जाेन प्युठानका प्रमुख चुमान गिरी जिल्ला प्रसासन कार्यलय प्युठानका प्रशासकीय अधिकृत जालन्धर भुसाल,साहेक जिल्ला न्यायधिवक्ता बिष्णुहरी मरासिनि,गाैमुखि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम पाैडेल,राष्ट्रिय अनुसन्धान बिभाग प्युठानका निमित्त प्रमुख राजिब बिष्ट लगाएकाे विशेष उपस्थितिमा कार्यक्रम गरिएकाे हाे।


कार्यक्रममा उपस्थित गाैमुखि गाउपालिका वडा नम्बर सातकाे अमृत जीवन माध्यमिक बिधालयकाे हलमा र वडा नम्बर पाचकाे खुङमा छुट्टाछुट्टै सयाै स्थानियहरुकाे सहभागीतामा संबधीत बिषयका बिसेसज्ञ द्वारा प्रशिक्षण दिईएकाे हाे।
कर्ण सकरात्मक काेर्ष दानका संयाेजक सकरात्मक काेर्षका प्रशिक्षक शुन्दर गाैतमले महिला हिंसाबाट कसरी बच्ने र समाज कसरी सुधार गर्नु पर्ने आफ्नाे आनिबानि परिवर्तन गर्ने तरिका संबधी प्रशिक्षण दिनुभएकाे थियाे।
लागुआ‌ैषध दुर्ब्यसन संबधि कर्ण सकरात्मक काेर्ष भालुवाङका संयाेजक तथा प्रशिक्षक बसन्त पुनले कुनै पनि चिज खाएर लाग्छ भने त्याे लागुप्रदार्थ हाे लागू पदार्थबाट जाेगिने उयाय,छाेड्ने उपाय संबधी सहभागीहरुलाई प्रशिक्षण दिनुभएकाे थियाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।