मातातिर्थ औंसीको अबसरमा कमलद्वारा बिरामिलाई फलफूल बितरण

स्मृती घर्ती मगर प्युठान, आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन। विशेष गरि आजको दिन आफ्नी जन्मदिने आमालाई भेटेर वा फोन गरेर शुभकामना दिने र आशीर्वाद लिएर आमाको पुजा गर्दै आमालाई विभिन्न उपहारहरु दिएर खुसी बनाउने गरिन्छ। आज यो पर्व देशभर निकै उत्साहजनक तवरले श्रद्धाभक्तिका साथ मनाइन्छ।
सोही अबसर पारी कलिलो उमेरमै आमा गुमाएका नेकपा एकीकृत समाजबादी पार्टी निकट युवा संघ प्युठान जिल्ला अध्यक्ष कमल घर्ती मगरले भने फरक ढंगले मातातिर्थ औंसी मनाएका छन। उनले स्वर्गीय आमा झगी घर्ती मगरको सम्झनामा आज जिल्ला अस्पताल प्युठानमा भएका बिरामी लाई प्रत्यक्ष भेट गरि फलफूल बितरण गरेका छन।
उनले भने,” मैले आजको यो विशेष दिनमा मेरि आमालाई पुज्न त सकेन तर अस्पतालमा भएका बिरामीआमाहरु लाई फलफुल बितरण गरि आशीर्वाद लिन पाउँदा मलाई मेरि आमा आफैले मेरो शिरमा हात राखेर आशीर्वाद दिनुभएको अनुभुती भयो। आमाहरुले मलाई अंगालो हालेर रुनु भयो। जुन अंगालोमा मैले मेरि आमाको माया र स्नेह पाएको जस्तो लाग्यो। आजको दिन मेरो लागि निकै विशेष रह्यो।”

सानै उमेरमा आमा गुमाएका घर्तिले हरेक बर्ष आमाको सम्झनामा एकदिन भएनी अन्य आमाहरुलाई समय दिने र सहयोग गर्ने गर्दै आएका छन। स्वर्गद्वारी नगरपालिका वार्ड नं -२ नोस निवासी कमल घर्ति मगरले राजनिती सङ्गै समाजसेवामा पनि निकै चासो राख्ने गर्छन। उनले आजको कार्यक्रमलाई सफल बनाउन अस्पताल भित्र सहयोग गर्ने डाक्टर राजेन्द्र पौडेल लगायत टिमलाई बिशेष धन्यवाद दिएका छन।
आमा बिना निकै संघर्ष, दु:ख र अभावमा बितेको जिबनलाई नियाल्दै घर्ती ले भने, “आमा नहुदा को पीडा मैले भोगेको छु। यदि अहिले सम्म मेरि आमा मेरो साथमा हुन्थिन भने दुनियाँ भरको खुसी किनेर उन्को कदमुनी ल्याएर राख्ने थिए। त्यसैले जन्मदिने जननी आमालाई सधैं खुसि राख्नुस। आमाको बुढेसकालको सहारा हामी छोराछोरी हुन्छम। आमाको भरोसा कसैले नतोड्नुस। आमालाई खुसी दिनुस। सुखी राख्नुस।”

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।