प्युठानमा खेत जोत्ने क्रममा करेन्ट लाग्दा २८ वर्षीय युवकको मृत्यु

 

३० वैशाख ,

प्युठान जिल्लाको नौबहिनी गाउँपालिका ६छम निवासी २८बर्षिय सन्ताेष परियारकाे खेत जाेत्नेक्रममा आइतबार करेन्ट लागेर मृत्यु भएको छ ।

बिहान खेतजोत्न भनी घरबाट निस्केका परियारको खेत नजिकै रहेको बिजुलीको पोलमा लड्किएका गिर्खाहरुबाट करेन्ट प्रवाह भइ करेन्ट लागि घाइते अवस्थामा रहेका परियार लाई जिल्ला अस्पताल बिजुवारमा पुर्याउदा अस्पतालले मृत घोषणा गरेको त्यहाबाट पत्रकार महेश थापाले बताउनुभयो ।

परियारको सब पोस्टमाटमका लागि अहिले जिल्ला अस्पताल बिजुवारमा राखिएको छ । मृतक परियार केही समय अघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । परियारका बुवा आमा दुई दाजुभाइ श्रीमति र एक छोरा छन । मृतक परियारकाे परिवार लुप्लुङबाट बसाइँसराइ गरि नौबहिनी गाउँपालिका वार्ड न ६ को छम गएका थिए !!

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।