समुदायमा दुर्ब्यसन, हिंसा र अपराध नियन्त्रण संबंधि सचेतना कार्यक्रम प्युठानमा सम्पन्न

समुदायमा दुर्ब्यसन, हिंसा र अपराध नियन्त्रण संबंधि सचेतना कार्यक्रम प्युठानमा सम्पन्न
संघर्ष मिडिया ब्युराे
२०८१ जेठ ५ प्युठान
समुदायमा दुर्ब्यसन, हिंसा र अपराध नियन्त्रण स्थानीय तह र नेपाल प्रहरीकाे संयुक्त अभियान भन्ने मुल नाराकासाथ लागू ओैषध दुर्व्यसन ,लैगिक हिंसा र बाल बिबाह नियन्त्रण संबधी  सचेतना मुलक कार्यक्रम बालबिधा मा बि मजुवा मरन्ठानामा प्युठान नगरपालिकाकाे आयाेजनामा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकाे सहकार्यमा र जिल्ला प्रहरी कार्यलय प्युठानकाे समन्वयमा सम्पन्न भएकाे हाे।
कार्यक्रमकाे बिषयबस्तु बारे जानकारी  प्युठानका प्रहरी नायव उपरीक्षक ईश्वर थापाले प्रकाश पार्नु भएकाे थियाे जिल्लामा घट्ने अपराधका धेरै जसाे घटनाहरु लागू पर्दार्थ सेबन कर्ताबाट भएकाे बताउनु भयाे।

लागुआ‌ैषध दुर्ब्यसन संबधि कर्ण सकरात्मक काेर्ष भालुवाङका संयाेजक तथा प्रशिक्षक बसन्त पुनले लागू ओैषध दुर्व्यसनमा फसेकाहरुकाे उद्वार गर्ने तरीका लागू ओैषध बिक्री बितरण गर्न नपाईने क्षेत्र तथा उमेर र बालबालिकाहरुलाई लागू।ओैषध दुर्व्यशनबाट टाढा राख्ने तरिका तथा दुर्ब्यसनमा फसेकाे भए पत्ता लगाउने तरीका संबधी उपस्थित सम्पुर्णलाई प्रशिक्षण दिनु भएकाे थियाे।
सकरात्मक काेर्ष दाङका संयाेजक सुन्दर गाैतमले लैंगिक हिंसा तथा महिला हिंसा  संबंधी प्रशिक्षण दिदै देशकाे बिकास तिब्र गतिमा नहुनुकाे कारण दुर्ब्यसन र दुर्ब्यबाहाले भएकाे बताउदै राज्यले जनताकाे चेतनाकाे बिकास गर्न दुर्वेवहार,दुर्बेसन संबधी सचेतना अभियानमा लगानि गर्नु पर्ने बताउनु भयाे।  हामिले कि वानि परिबर्तन गर्नु पर्याे कि वाणी परिवर्तन गर्नु पर्याे भन्दै मानिसले आबश्यक्ता भन्दा बढी चिन्तन गर्नाले ,खराब चिज सेवन गर्नाले गलत कुराहरु सुन्नाले जीवन सहि दिशा तिर जान नसकेको हुदा देश बिकास हुन नसकेको बताउदै प्रशिक्षण दिनु भएकाे थियाे।कार्यक्रम कि प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघ केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मिकुवरले कार्यक्रमकाे उद्घाटन गर्दै लैङ्गक हिसां ,लागू प्रदार्थ दुर्बेशन,महिला हिसां लगाएत समाजमा घट्ने जघन्य अपराधकाे बिरुद्ध नेपाल प्रहरी लाई समुदाय र स्थानीयतहरुले हातेमालो गरेर साथ दिएमा अपराधहरु राेकधाममा महत्त्वपूर्ण भुमिका रहने बताउनु भयाे।


विशिष्ट अतिथि लुम्बिनी प्रदेश प्रहरी कार्यलय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले आफैबाट समाज परिबर्तन गर्न सुरुवात गर्नुपर्ने, सामाजिक अभियान्ताहरु लाग्नु पर्ने हरेक सकरात्मक साेचमा परिवर्तन ल्याउनुपर्ने घरपरिवार संग दैनिक समसामयिक बिषयमा छलफल गर्नुपर्ने बताउदै नेपाल प्रहरी घरेलु हिंसा न्युनिकरण गर्न घरघरमा जनचेतना फैलाउन लाग्ने बताउदै  सामाजिक कार्यमा अग्रसर भुमिका निर्बाह गरेकाृले प्युठानका प्रहरी प्रमुख डि एस पि ईश्वर थापालाई लुम्बिनी प्रदेश बाट पुरस्कृत गरिने बताउनु भयाे।
प्युठान नगरपालिका उपमेयर देबेन्द्र बर्माले मानिस जतिसक्दो ब्यस्त भएमा कुलतबाट टाढा रहन सकिन्छ  लागू प्रदार्थलाई साथिकाे रुपमा सम्झनेहरुले आजैबाट छाेडन अनुराेध गर्नुभयाे ।प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल  समाजमा अपराधीहरु लुकाउने  चलन छ त्यसलाई कानुनि दायरामा लिनु पर्नु बताउनु भयाे।
कार्यक्रमका अध्यक्ष तथा प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर याेगिले यस्ता कार्यक्रमले नगरकाे बिकासलाई थप टेवा पुग्ने बताउनु भएकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।