प्युठानमा पोलियो खोप अभियान शुरु हुदै


२०८१ जेठ ७ गते
प्युठान। जिल्ला स्वास्थ्य कार्यालयको आयोजना तथा समन्वयमा प्युठान नगरपालिका ०४, स्थित बिजुुवार स्वास्थ्य कार्यालयको सभाहलमा आज आई पि.भी.खोप अभियान जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जि.सी. को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।

उक्त कार्यक्रममा प्युठानमा २०७३ बैशाख महिना देखि २०७५ आश्विन महिनासम्म जन्मिएका बालबालिकाहरुलाई खोप लगाइने हुदा उक्त बालबालिकाहरुका लागि आई पि.भी. खोप अभियान संचालन गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले बताउनु भयो ।
जेठ १३ गते देखि २६ गते सम्म आई पि.भी.खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालय प्यूठानले सोमबार  संचारकर्मि संग  अन्तरक्रिया कार्यक्रम गरी जानकारी गराएकाे हाे।

प्युठान जिल्लाभर ११ हजार ५६४ जना बालबालिकाहरुलाई  लक्षित गरी ति बालबालिकाहरु विद्यालयमा भेटिने भएको हुदा स्वास्थ्यकर्मीहरु विद्यालयमै पुगेर खोप लगाउने  बालबालिकालाई खोप केन्द्रहरु मार्फत पनि खोप दिईने भएकाे छ। खोप बालबालिकाको दायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र ०.५ मि.लि. लगाइने छ । ९४ जना स्वास्थ्यकर्मीहरु खोप लगाउन खटिने पाण्डेले बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा खोप अभियान सफल बनाउन अवरोध, बाधाको सुरक्षाका लागि सुरक्षाकर्मी तथा प्रशासनले सहयोग गर्ने बताउदै उहाँले यस अभियानमा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला सम्वनय समितिका प्रमुख धरम बहादुर जि.सि., उपप्रमुख दुर्गा रेग्मी, नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामी तथा संचारकर्मिहरुकाे उपस्थित रहेकाे थियाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।