मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि योग ध्यान कार्यक्रम सम्पन्न

असार १२ गते
प्युठान।
“आफु र आफ्नो स्वास्थ्यका लागि योग” भन्ने मुल नाराका साथ प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा प्यूठान स्वास्थ्य आयुर्वेद केन्द्रका डाक्टर तारा पोख्रेलको अध्यक्षतामा मानशिक स्वास्थ्य प्रवद्र्धनका लागि योग ध्यान कार्यक्रम जिल्ला समन्वय समितिको सभाहल खंलगामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सि. ले सहभागीहरुलाई योग ध्यान मार्फत सिकेका कुराहरुलाई आफ्नो दैनिक जीवनमा लागु गरेमा स्वस्थ रहन सकिने बताउनु भयो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक टुक बहादुर रोका र डाक्टर तारा पोख्रेलले योग अभ्यास सगैँ स्वस्थ जीवनशैली अन्तरगत दैनिक खानपीन, रहनसहन, व्यक्तिगत सरसफाईमा ध्यान पु¥याउन सके शाररीक रुपमा स्वस्थ रहन सकिने बताउदै मानशिक रुपमा स्वस्थ रहनका लागि सकारात्मक सोच बारे जानकारी दिनुभएको थियो ।

असार ०८ गते देखि १२ गते सम्म संचालन भएको मानशिक स्वास्थ्य प्रवद्र्धनका लागि योग ध्यान कार्यक्रममा जिल्ला स्थित कार्यालयका कार्यालय प्रमुख सहित अन्य कर्मचारीहरु, स्थानीय व्यापारी, विद्यालयका शिक्षक र विद्यार्थीहरु गरी जम्मा ५० जना सहभागीहरुको उपस्थिती रहेको रोकाले संघर्ष मिडियालाई जानकारी दिनुभयो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।