पोखरामा स्कुल बस दुर्घटना : एकजनाको मृत्यु, २६ जना घाइते

 

पोखरामा स्कुल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।  मृत्यु हुनेमा बिरौटास्थित एलपी देवकोटा मेमोरियल इंग्लिस बोर्डिङ स्कुलकी कार्यालय सहयोग ३३ वर्षीया आरती विक रहेको कास्की प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित २७ जना घाइते भएका थिए। सोमबार बिहान ८:५५ बजेतिर पोखरा महानगरपालिका- २१ गुड्कुस्थित भित्री सडकखण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको ग १ क ६२१९ नम्बरको स्कुल बस दुर्घटना भएको हो।

उक्त बस सडकबाट ५० मिटर तल खसेको थियो। घाइते विद्यार्थीहरूलाई पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ।

उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।