प्रचण्डको गुनासो : जनयुद्ध शब्द प्रयोग गर्‍यो भने जात नै जाला जस्तो गर्नुहुन्छ

संघर्ष मिडिया डेस्क

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपय नेताहरूले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

टीआरसी विधेयकमाथि संसदमा बुधबार भएको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले अहिले पनि नेताहरूले बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गरेकोमा असन्तुष्टि जनाए ।

‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्‍यो भने जात नै जाला जस्तो गर्नुहुन्छ’, प्रचण्डको भनाइ छ ।  उनले संविधानसभाबाट बनेको संविधानको अनुसूचीमै जनयुद्ध शब्द लेखिएको उल्लेख गर्दै नेताहरूको ध्यानाकर्षण गराए । ‘यदि जनयुद्ध ध्वंसात्मक मात्र हुन्थ्यो, गैरराजनीतिक र वैचारिक हुन्थ्यो भने संसारकै मोडल शान्ति प्रक्रिया भनेर आज जे भनिराखेका छौँ, त्यो सम्भव हुने थिएन’, प्रचण्डको भनाइ छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।