आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइदै

 

भाद्र १० गते
भगवान् विष्णुको आठौँ अवतारको रुपमा श्रीकृष्णको जन्मदिनको अवसरमा हिन्दुहरुले भगवान श्रीकृष्ण पुजा आराधना गरी मनाउँछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्धापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाइ ‘कृष्णजन्मष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

जन्माष्टमीका दिन कृष्ण मन्दिरहरुमा भगवान् श्रीकृष्णको पुजा आराधना, भजन कीर्तन गर्नुका साथै महिलाहरु व्रत बसी रातभर जाग्राम बस्ने चलन छ ।
बाल्यकाल देखि नै आफ्ना विचित्र लिला देखाएका श्रीकृष्णले कंस, शिशुपालजस्ता दानवी प्रवृतीको अन्त्य गरेका थिए ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।