दिर्घायू सहकारीको अध्यक्षमा पुन के.सी. निर्बाचित


दिर्घायू कृषि सहकारी संस्था लिमिटेडले प्यूठान नगरपालिका नौ मरन्ठानाको नवौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथी लुम्बिनी प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठले सहकारीलाई चलायमान बनाउनको लागि सम्पूर्ण शेयर सदस्यहरुको महत्वपूर्ण भूमिका रहने भएकोले सबैजना हातेमालो गरेर लाग्नुपर्ने बताउदै दिर्घायू कृषि सहकारी संस्थाले कृषि क्षेत्रमा गरेका उल्लेखनीय कार्यको प्रशंसा गर्दै धन्यवाद दिनुभयो ।
श्रेष्ठले कृषि क्षेत्रमा लाग्न र व्यवसायिक बन्न आफैबाट शुरुवात गर्न महिला दिदिबहिनीहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई प्यूठानका प्रमुख चुमानसिंङ गिरीले कृषि क्षेत्रमा लाग्नेहरुका लागि विभिन्न सरकारी गैरसरकारी संस्थाले सहयोग गर्दै आइरहेको बताउदै उत्पादनमा जोड दिन कृषकहरुलाई अनुरोध गर्नुभयो ।

नवौ अधिवेशनबाटपुन अध्यक्षमा दिपेन्द्र के।सी।दोहोरिनु भएको छ । उपाध्यक्ष खिम बहादुर के।सी।, कोषाध्यक्ष गिता के।सी। र सदस्य गोपाल रावत, तिल बहादुर थापा, विजुला गिरी, लोकेन्द्र जि।सी।, राजेन्द्र के।सी।, कविता के।एम। र लिला जि।सी।निर्बाचित हुनुभएको छ ।
साथै लेखा समितीमा संयोजक शंकर खड्का, सदस्य नारायणी के।सी। र माया गिरी, ऋण समितीमा संयोजक नगेन्द्र प्राचाय, सदस्य राजेन्द्र गिरी र श्रीजना थापा र सल्लाहकारमा संयोजक विकास के।सी।, सदस्य शिव वहादुर के।सी। र वुद्वि वहादुर के।सी।सर्वसम्मत निर्बाचित हुनुभएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।