धर्मावति माध्यमिक विद्यालयले विभिन्न खेल तथा सांस्कृतिक कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस मनायो


निर्मला मगर
आश्विन २ गते
प्युठान। सरकारले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने गरेसँगै प्युठान नगरपालिका वडा नम्बर—६ माझकोटमा धर्मावति माध्यमिक विद्यालयले विभिन्न खेल तथा सास्कृतिक कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस मनाएको छ ।
दिवसको अवसरमा विद्यालयले १—३ का विद्यार्थीलाई मिठाई टिपाई, ४—५ का विद्यार्थीलाई हिसाब दौड र ६—१० का विद्यार्थीलाई इङ्गिस स्पेलिङ कन्टेक खेल सञ्चालन गरेको धर्मावति माध्यमिक विद्यालय लम्छयाङका प्रधानाध्यापक पुष्पलाल पुन मगरले बताउनुभयो ।
पुनले विद्यालयमा गुणस्तरीय शिक्षाका साथै बालबालिकाको बौद्विक क्षमता अभिवृद्विका लागि विभिन्न खेल तथा मनोरञ्जनात्मक कार्यक्रम  गरेको  बताउनुभयो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।