स्वर्गद्वारी गोमुखी यातायात सेवा प्रा.लि द्वारा चेरनेटा, शालघारी, भलबाङ्ग र धाइरेचौरका लागि नयाँ रुट सञ्चालनमा
निर्मला मगर
कात्तिक १२ गते प्युठान। स्वर्गद्वारी गोमुखी यातायात सेवा प्रा।लि प्युठानले बिजुवारदेखि चेरनेटा हुँदै भलबाङ्ग धाइरेचौर र स्वर्गद्वारी नगरपालिका ८ दहचौर को लागि नयाँ रुट सञ्चालनमा ल्याएको प्रा।लि का अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो।
यात्रुहरू किनबेच तथा विभिन्न कामकाजका लागि घण्टौ सम्म लामो दुरीको बाटो हिँडेर आउने समस्या लाई मध्यनजर गर्दै यात्रुहरूको सहजताका लागि प्रा।लि ले नयाँ रुट सञ्चालनमा ल्याएको हो ।
स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि. ले संञ्चालनमा ल्याएको नयाँ गाडी दहचौरदेखि ८ः३० बजे, धाइरेचौरबाट ९ः०० बजे र शालघारीबाट ९ः३० बजे छुट्ने छ भने बिजुवार मित्रमणि चोक देखि दिउसो ३ः१५ बजे र जुम्रिदेखि ३ः३० बजे फर्कने प्रा.लि का महासचिव भुपेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।