एकल तथा अविबाहित महिलालाई झिमरुकले मासिक भत्ता दिने।
झिमरुक गाउँपालिकाले एकल महिला लाई भत्ता दिने सुविधा ल्याएको छ । गाउँपालिका अध्यक्ष पित बहादुर एमसिका अनुसार ४५ बर्ष पुकेका बिवाहा नभएका , बिवाहा भई १२ बर्ष भन्दा बढि एकल जीवन बसेका,संघिय सरकार बाट कुनै पनि सुविधा नलिएका आर्थिक स्रोत सुविधा नभई जीवन चलाउन कठिन भएका लाई मासिक १००० एक हजारका का दरले भत्ता दिने बताएका छन ।कार्यविधि मा ८१ पुस मसान्तसम्म योग्यता पुगेका महिलाई यो कार्यक्रममा समावेश गराईने बताईएको छ ।गाउँपालिकाले भत्ता दिने भएपछि आर्थिक रुपमा अभाव भएका महिलाहरू जीवन चलाउन सहज लाभान्वित हुने भएको छ ।