बाग्दुला–मच्छि सडक निर्माणकाे टेन्डर प्रकाशित, प्युठानवासी उत्साहित

′प्युठान — लुम्बिनी प्रदेश सरकारले प्यूठानकाे बहुप्रतीक्षित बाग्दुला–मच्छि सडक निर्माणकाे टेन्डर सार्वजनिक गरेको छ। लामो समयदेखि स्थानीय बासिन्दाले प्रतीक्षा गरेको यो सडक अब निर्माणतर्फ अघि बढ्ने संकेत मिलेसँगै प्युठानवासी उत्साहित बनेका छन्।


यो योजनाका लागि  नेपाली काङ्ग्रेस प्यूठानका यूवा नेता तथा लुम्बिनी  प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री मा. रोज़ राणा (सरोज थापा) ले चुनावी अभियानकै समयमा जनतासँग व्यक्त गरेकाे प्रतिबद्धता पूरा गर्न चालू आर्थिक वर्षमा ३० करोड रुपैयाँ विनियोजन गर्नु भएकाे थियाे।


सडक निर्माणप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै मन्त्री राणाले केही महिनाअघि बाग्दुलादेखि मच्छिसम्म पैदल यात्रामार्फत अवस्थागत अध्ययन समेत पूरा गरेका थिए। अध्ययनपछि मन्त्रालय सक्रिय भएर योजनाको प्रक्रियालाई अघि बढाउँदै आएको जनाइएको छ।


टेन्डर प्रक्रिया सार्वजनिक भएसँगै स्थानीयले छिट्टै सडक निर्माण कार्य सुरु हुने आशा व्यक्त गरेका छन्। सडक बनेपछि प्युठानका दुर्गम बस्तीहरू सीधा सडक सञ्जालमा जोडिने र आवागमन तथा आर्थिक गतिविधिमा ठूलो सहजता हुनेछ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।