हावाहुरीले लडाएको विद्युतपोलको मर्मत नहुदा स्थानीयलाई सास्ती

बासुदेब गिरी

असार ६ प्युठान

प्युठानको मरन्ठाना र दहखोला बस्तीमा यहीँ असार २ गते आएको आवाहुरीले आपको रुखको भाचिदिएपछि विद्युतको पोलमा क्षेती पुगेसंगै अवरुद्ध भएको विद्युत लाईन अझै सुचारु हुन सकेको छैन ।

यहाँका स्थानीयले पटकपटक कार्यालयलाई जानकारी गराउदा समेत भाचिएको पोल बनाउने सुरसार हुन नसक्दा स्थानीय ५ दिन देखि आध्यारोमा बस्न बाध्य भएको वडा सदस्य मित्रु गिरीले बताउनुभयो ।
प्युठान नगरपालिका ९ गुरिगाउको आरनटोल नजिक आपको हागोले विद्युत लाइनको पोलमा क्षेती पुर्यायपछी विद्युत लाइनमा समस्या भएको वडा सदस्य गिरीको भनाइ छ ।

विद्युत लाइन अवरुद्ध हुदा झिमरुक गाउँपालिका वडा नम्बर ६ दहखोलाका करिब ९० घरधुरी र प्युठान नगरपालिका वडा नम्बर ९ आरनटोलाका २० घरधुरीका स्थानीय जनता अध्यारोमा बस्न बाध्य भएका छन् । पटकपटक लाइन जाने समस्या त थियो थियो अहिले त ढलेको पोल विद्युत प्राधिकरणले उठाउन नसक्दा जनतालाई झन् सास्ती भएको स्थानीयको भनाइ छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।