स्वर्गद्वारी नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा
१४ असार , प्युठान ।
प्युठानको स्वर्गद्वारी नगरपालिकालाई पनि पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । विहिवार स्वर्गद्वारी नगरपालिका ३ जलुकेमा एक कार्यक्रमका विच जिल्ला समन्वय समिती प्युठानका प्रमुख तथा जिल्ला खोप समन्वय समिति प्युठानका संयोजक धरम बहादुर जि.सी. ले पुर्ण खोप सुनिश्चतता पालिका घोषणा गर्दै स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख तथा पालिका खोप समितीका अध्यक्ष टेक प्रसाद भण्डारीलाई प्रमाण पत्र प्रदान गर्नुभयो ।
नगरपालिकाका ९ वटै वडामा जन्मदेखी १५ महिनाका जम्मा ६ सय ७ जना बालबालिका र स्वास्थ्यकमीहरुले घरमै पुगेर सर्वेक्षण गर्दा १६ महिना देखी ५९ महिना सम्मको १ हजार ७ सय ७ जनालाई बालबलिकालाई खोप लगाईएको छ ।
नगरपालिकाले “स्थानिय श्रोतको उपयोग , स्वामित्व र सहभागिता , पुर्णखोप पालिका हाम्रो प्रतिवद्धता ” भन्ने नारालाई आत्मसाथ गर्दै २०७२ साल देखी यस कार्यक्रमलाई निरन्तरता दिदै आएकोमा यस आर्थिक बर्षको फागुन देखी बैसाख महिना सम्म सबै वडाहरुले सम्पुर्ण प्रक्रिया पुरा गरिसकेपछि स्वर्गद्वारी नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वर्गद्वारी नगरपालिका जन स्वास्थ्य अधिकृत दल बहादुर के.सी. ले जानकारी दिनुभयो ।
यो संगै जिल्लाका सबै स्थानिय तहहरु पुर्ण खोप सुनिश्चतता घोषणा भएका छन् ।