झिमरुक दुईमा हर्षउल्लासका साथ नारी दिबस मनाईयाे

फागुन २५ प्युठान

प्युठान झिमरुक गाउपालिका वडा नम्बर दुईले ११४ ओैं अन्तर्राष्ट्रिय नारी दिबस भब्यरुपमा सम्पन्न गरेकाे छ।
वडाभित्ररहेका महिला समूह,महिला संजाल,शिक्षिका लगाएत सयाै दिदिबहिनी आमाहरुकाे उपस्थितिमा एकदिने अभिमुखिकरण तथा महिला हिंसा संबधी सशक्तीकरण कार्यक्रम सम्पन गरेकाे हाे।
नारि दिबसकाे स्थापना, आन्दाेलन,संबैधानिक अधिकार,लगाएत सधै चुलाेचाैकामा सिमित रहन बाध्य नारीहरुलाई चेतनाकाे बिकास गरि समाजमा घटेका घटनाहरुलाई संबधीत न्यायलयमा पुराएर न्याय दिने र महिला हिंसा सबन्धि गतिविधि न्युनिकरण गर्न लाग्नु पर्ने प्रशिकहरुले बताएका थिए।
वडा अध्यक्ष कृष्ण प्रसाद पाेख्रेलले बस्ति स्तरबाटै महिला शशक्तिकरणका लागि याेजना माग गर्न र आफ्ना अधिकार शुनिश्चित गर्न महिला संजाल वा समुह भएर वडामा याेजना माग गर्न अनुराेध गर्नु भयाे साथै नारी लक्ष्यित कार्यक्रमहरु वडाबाट निरन्तर गरिने बताउनु भयाे।।।
कार्यक्रम प्रश्चात उपस्थित नारिहरुले आफ्ना बेदनाका गितहरु गाउदै हर्षउल्लासका साथ ११४ ओै नारी दिबस मनाएका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।