कोशीमा मन्त्रिपरिषद् विस्तार, कसले कुन मन्त्रालय पाए?

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक मन्त्रिमण्डल विस्तार गरेका छन्। मुख्यमन्त्री कार्कीले शुक्रबार ७ मन्त्री र २ राज्यमन्त्रीसहित सरकार विस्तार गरेका हुन्।

गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले विस्तार गरेको मन्त्रिमण्डलअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की छन्।

त्यसैगरी खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैं र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका छन्।

दुई राज्यमन्त्रीहरू सिर्जना राई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको हो। संविधानको धारा १६८ (५) अनुसार अघिल्लो बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले उपधारा ४ अनुसार वैशाख ३१ गते विश्वासको मत लिएका थिए.।अन्नपूर्ण पोष्टबाट साभार

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।