त्रिशुलिमा बस खस्दा १२ जना घाईते

संघर्ष मिडिया ब्युराे

चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा बस र कार ठक्कर खाँदा बस त्रिशुली नदी किनारमा खसेको छ । आज बिहान ७ः२५ बजे नेपालगन्जबाट काठमाडौंतर्फ गइरहेको भे १ ख ४०६२ नम्बरको बस विपरित दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसंग ठक्कर खाइ बस त्रिशुली नदी किनारमा खसेको हो । बस सडकबाट अन्दाजी ५० मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


दुर्घटनामा घाइते भएका १२ जनाको उपचारका लागि भरतपुर ल्याइएको छ । बसमा ३५ जना र कारमा ५ जना सवार थिए । अन्य यात्रु शकुसल रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।