सुत्केरी स्ट्रेचरमा बाेकेर घरमा पुराउने स्वास्थ्यकर्मी सम्मानित
असार २८ प्यूठान
प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा वि क गत असार २३ गतेका दिन साझपख सुत्केरी व्यथा लाग्दा तिन बर्षिय छाेरा सहित सिमसिम झरीमा साढे दुई घन्टा हिडेर धरमपमनि स्वास्थ्य चाैकिमा पुगेकि थिईन जिवालाई ब्यबस्थित सुत्केरी गराई स्वास्थ्यकर्मीहरुले अर्काे दिन स्ट्रेचरमा बाेकेरै घरमा पुराएका थिए।
प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल र मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्कालेअसार २७ का दिन मल्लरानी गाउँपालिका ३, चुजाठाटी स्थित धरमपानी स्वास्थ्य चौकीमा पुगी स्ट्रेचरमा सुत्केरी बाेकेर घरमा पुराउने स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्नु भएकाे छ।
जीवा वि.क. लाई प्रसूती पश्चात् आफैले स्ट्रेचरमा बोकेर घरसम्म पुर्याएको कार्यको कदर गर्दै जनस्वास्थ्य निरिक्षक टुकाराम पाेख्रेल ,अहेब मुना के शि,अनमि पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन,र कार्यलय सहयोगी नमा पाैडेललाई कदरपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हाे।
प्रमुख जिल्ला अधिकारी अर्यालले स्वास्थ्यकर्मी लगाएत कर्मचारीलाई उच्च मनोबलसहित थप सेवाग्राही मैत्री ढंगले कार्यमा खटन हौसला समेत प्रदान गर्नुभएको थियाे।