लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री राणालाई प्युठानमा भव्य स्वागत


निर्मला मगर
भाद्र ३१ गते

लुम्बिनी प्रदेश सरकारको दोस्रो पटक मन्त्री बनेका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) नेपाली कांग्रेसद्धारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुन प्युठान आउनुभएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै थापाले प्युठान नगरपालिका देखि झिमरुक गाउँपालिका हुदै गौमुखी सम्मको सडक स्तरोन्नतीका लागि ७५ लाख रुपैँया बजेट विनियोजन गरी काम अगाडी बढेको र यो सडक बहुवर्षिय योजना अन्तरगत ५ करोड विनियोजन हुने बताउदै उहाँले उक्त सडक निर्माण आफ्नो कार्यकालमै पुरा गर्ने  बताउनुभएको छ ।

थापाले नेताहरु पदका लागि लडे्पनि कार्यकर्ताहरु एक हुनजुट हुन आग्रह  गर्नुभयो ।
साथै उहाँले बाग्दुला, बहाने, स्यालीबाङ जोड्ने सडक खण्ड निर्माणका लागि आफ्नो क्याबीनेटबाट बजेट पेस गरेको बताउनुभयो ।
कम्युनिष्टहरुले विकास होइन विद्रोह गरेको कारणले प्युठान जिल्ला विकासमा निकै पछाडी रहेको राणाले बताउनुहुदै उहाँले यस्तो अवस्थाको अन्त्य गर्ने जिम्मेवारी नेपाली कांग्रेस पार्टीको काधँमा आएको बताउनुभयो । ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।