आज विश्वकर्मा पुजा मनाईदै
निर्मला मगर
आश्विन १ गते
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पुजा मनाउने गरिन्छ । आज प्रविधि र मेसिनरीहरुको पुजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो ।
आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पुजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
भाद्रपद महिनाको शुक्ल प्रतिपदा कन्याको संक्रान्ति (१७ सेप्टेम्बर), कार्तिक शुक्ला प्रतिपदा (गोवर्धन पूजा), भाद्रपद पञ्चमी (अङ्गिरा जयन्ति) दिवस आदि विश्वकर्मा–पूजा महोत्सव पर्व हो । यी पर्वहरुमा भगवान विश्वकर्माको पुजा–अर्चना गरिन्छ ।