प्यूठान जिल्लाकाे बिकास गर्न आत्तुर छु : मन्त्री राेज राणा

असाेज १ प्यूठान
 लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा ) ले प्यूठान जिल्लाकाे सर्बपक्षिय  बिकास निर्माण गर्न आत्तुर रहेकाे बताउनु भएकाे छ।
मंगलबार नेपाल प्रेस युनियन जिल्ला शाखा प्यूठानले हाेटल आयुष्मा जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताउनु भएकाे हाे ।

उहाले भन्नू भयाे
“प्यूठान जिल्ला अन्य छिमेकी जिल्लाकाे तुलनामा शिक्षामा अगाडि भएतापनि बिकासमा पछाडि परेकाे छ जिल्ला बाट निर्वाचित भएर गएकाहरुले फर्केर जिल्लालाई नहेर्दा संबधित ठाउमा पुगेपछि जिल्ला बिर्सदा जिल्लाकाे खानेपानी ,सडक,स्वास्थ्य ,लगाएतका क्षेत्रले ,फड्काे मार्न सकेन” अब मेराे काधमा जिम्मेवारी आएकाे छ म गरेर देखाउछु।
“ जिल्लाको खानेपानीको समस्या तथा बजेट अभावमा अलपत्र परेका बिभिन्न आयोजनाहरुको बिषयमा बिभिन्न जनगुनासोहरु आइरहेकाले डिभिजन कार्यालयसंग जानकारी लिन थालेको छु, मन्त्री थापाले भने, “जिल्लामा पुर्ण हुन लागेका, रोकिएका आयोजना के कति छन्, संघ र प्रदेशका आयोजना कति हुन र तिनिहरुको लागत कति भए आयोजनाहरु पुर्ण हुन्छन भन्ने विवरण लिएर तिव्र गतिमा काम अगाडि बढाउनेछु ।पार्टी भन्दा माथि उठेर प्यूठान जिल्लाको समग्र बिकासका नित्तित काम गर्न तयार रहेको बताउदै  “प्यूठानी जनताको वास्तविक आवश्यकता के हो त्यसको पहिचान गरी अब आउने बजेट बनाउँछु ” मन्त्री राेज राणाले भन्नुभयाे।


जनतालाई  खानेपानीको सुबिधा मात्र नभएर स्वच्छ खानेपानीको ब्यबस्थापन गर्नुपर्छ भन्नेमा आफु सचेत रहेको उहाले बताउनुभयाे।लुम्बिनी  प्रदेशका १२ वटा जिल्लामा एक सय ६८ खानेपानी योजना यो वर्ष पुरा हुनेछन।
खानेपानी लाई पहिलाे प्राथमिकता दिदै रोल्पा, बर्दिया र नवलपरासीमा खानेपानी डिभिजन कार्यालय समेत स्थापना गरिएको उहाले बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।