नौबहिनी गाउँपालिकामा संयुक्त गठबन्धनलाई हराउदै एमाले बिजयी

स्मृति घर्ति मगर प्युठान, जिल्लाको नौबहिनी गाउँपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ।
गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार डिलारामा थापा विजयी भएका हुन्।
उनले संयुक्त गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका शिव रिजाललाई ८ सय ५० मतले पराजित गर्दै पालिका अध्यक्षमा विजयी भएका हुन्।
थापाले ६ हजार ४ सय ८५ मत प्राप्त गरेका छन् भने रिजालले ५ हजार ६ सय ३५ मत प्राप्त गरेका छन्।
अध्यक्षमा पराजित रिजाल यसअघिका गाउँपालिका अध्यक्ष हुन्। त्यस्त, गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी विष्ना थापा केसी विजयी भएकी छन्। केसीले गठबन्धन तर्फका उम्मेदवार धनबहादुर बुढा (सचिन)लाई ६ सय ५८ मतले पराजित गरेकी हुन्।
उपाध्यक्षमा सचिनले ५ हजार ६ सय ५ मत प्राप्त गरेका छन् भने विष्नाले ६ हजार २ सय ६३ मत प्राप्त गरेकी छन्।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।