पाेख्रेलले भत्काए मसालकाे लाल किल्ला

जेष्ठ ०३ प्युठान,  प्युठानकाे झिमरुक गाउपालिका वडा नम्बर पाच अाेखरकाेट राजनैतिक दृष्टिकोणले हेर्दा ने क पा मसालकाे किल्लाका रुपमा परिचित ठाउँ हाे।
ओखरकाेट ने क पा मसालका महामन्त्री बामपंथी नेता माेहनबिक्रम सिंहकाे बस्ति तथा संघिय सांसद माननीय दुर्गा पाैडेलकाे घर पनि पनि झिमरुक पाच ओखरकाेटमै पर्छ।
जि सि घर्तिहरुले लामाे समयदेखि अाफ्नाे बचर्स्व राख्द‌ै आएकाे प्युठानकाे झिमरुक गाउपालिका वडा नम्बर पाच ने क पा एमाले नेता दधिराम पाेख्रेलले भत्काउन सफल भएका छन।
पाेख्रेलले राष्ट्रिय जनमाेर्चाका उमेदवार देबेन्द्र जि सिलाई ८१ मतकाे अन्तरालमा बिजय गरेका हुन।
पाेख्रेलले ६३९मत लिएका थिए भने जि सिले ५५८ मत प्राप्त गरेका थिए।वडा अध्यक्ष पदमा पाेख्रेलले बिजय हासिल गरेपनि बाकि दुई सदस्यीय राष्ट्रिय जनमाेर्चा र दुई सदस्यीय नेपाली काङ्ग्रेसका उमेदवारले बिजय हासिल गरेका छन।
झिमरुकमा राष्ट्रिय जनमाेर्चा र नेपाली काङ्ग्रेस बिच गठबन्धन भएकाे थियाे भने ने क पा एमाले र माओबादि बिच चुनाबि तालमेल भएकाे थियाे।।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।