स्वर्गद्वारी ९ मा एमालेको प्यानल बिजयी

स्मृति घर्ती मगर प्युठान, जिल्लाको स्वर्गद्वारी नगरपालिका वार्ड नं ९ को वार्ड अध्यक्ष पद यसपालि पनि नेकपा एमालेको हातमा परेको छ। एमालेको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका निवर्तमान वार्ड अध्यक्ष नर बहादुर बि एमले (नरेन्द्र बि. एम) तिन दलिय गठबन्धनका बिचमा पनि फराकिलो मतान्तरले बिजयी भएका छन। हरेक क्षेत्रमा आफ्नो कुशल कार्यशैली प्रस्तुत गर्ने नरबहादुरले जित निकाल्दा सिङ्गो वार्ड बासीहरू निकै उत्साहित र खुसी भएका छन । बि. एम यस अघि सम्पन्न स्थानीय तह निर्वाचनमा पनि एमालेकै तर्फबाट उम्मेदवारी दिदै वार्ड अध्यक्षमा बिजयी भइ ५ बर्षे कार्यकाल सफलतापुर्बक सकाएका छन।
स्वर्गद्वारी नगरपालिका वार्ड नं ९ मा बिएमको नेतृत्वमा रहेको सिङ्गो एमालेको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा निर्वाचित भएका नर बहादुरले ८ सय ९२ मत लिदै फराकिलो मतान्तरमा निर्वाचित भएका हुन। उनका निकटतम प्रतिद्वन्दी गठबन्धन तर्फका वडा अध्यक्ष पदका उम्मेदवार खिमानन्द योगीले ४ सय ३२ मत प्राप्त गरेका हुन।                                          त्यस्तै महिला सदस्यमा नेकपा एमालेकै निमादेवी घर्ति मगर, दलित महिला सदस्यमा रेश्मी देवी सुनार, खुल्ला वार्ड सदस्यमा इन्द्र बहादुर घर्ति मगर र पुर्ण बहादुर घर्ति मगर बिजयी भएका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।