माण्डवीको पालिका अध्यक्षमा नबराज अधिकारी र उपाध्यक्षमा पुर्ण प्रसाद कालाथोकी बिजयी

स्मृति घर्ति मगर प्युठान, जिल्लाको माण्डवी गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नबराज अधिकारी बिजयी भएका छन। उनले ३ हजार ६ सय ७६ मत प्राप्त गरि पालिला अध्यक्षमा बिजयी भएका हुन। त्यस्तै उनका प्रतिद्वन्दी नेकपा एमालेका श्रीधर रोका मगरले ३ हजार ४ सय १९ मत प्राप्त गरि पराजित भएका छन। त्यस्तै उपाध्यक्ष पदमा गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका पुर्ण प्रसाद कालाथोकी बिजयी भएका छन। उनले ३ हजार ५ सय ८६ मत लिदै बिजयी भएका हुन। उनका प्रतिद्वन्दी नेकपा एमालेकी सम्झना घर्तिले ३ हजार ३ सय १२ मत प्राप्त गर्दै पराजित भएकि हुन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।