पालिकाले दिनुपर्ने सहयोगको लागि आफु सधैं तत्पर रहने:- नगरप्रमुख भन्डारी

बिवश जि. एम प्युठान, स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले पालिकाले गर्नुपर्ने सहयोगमा आफुहरु सधै तत्परनै रहने बताउनु भयो । भू-वनोट साना किसान कृषि सहकारी संस्था लिभिटेड स्वर्गद्वारी नगरपालिका वार्ड नं ५ सारिको पहिलो अधिबेशन तथा चौथो साधारणसभा कार्यक्रमको प्रमुख अतिथि तथा स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख समेत रहनु भएका भण्डारीले यस्तो बताउनु भएको हो । त्यस्तै उहाले अझै व्यवस्थित तरिकाले सस्थालाई अगाडी बढाउदै जाने र अहिले जसरी महिलाहरु सक्रिय रहेका छन त्यो भन्दा अझ बढी सक्रिय बनाउन समेत सस्थालाई आग्रह गर्नु भयो। किसानहरुलाई सहुलियत रुपमा मलहरु वितरण गरेकोमा सस्थालाई धन्यवाद पनि व्यक्त गर्नुभयो । त्यस्तै सस्थाका अध्यक्ष तथा कार्यक्रमकाअध्यक्ष जित बहादुर घर्ती मगरले थप आगामी दिनहरुमा समुहलाई सशक्तीकरण तथा समुह बिस्तार र सदस्यहरु वृद्धि गर्ने बताउनुभयो । त्यस्तै कार्यक्रमको बिशेष अतिथि तथा ५ न वडा अध्यक्ष गिर बहादुर घर्ती मगरले ऋण लगानी र बचत जम्मा गरेर मात्र नभइ कृषि क्षेत्रमा यो सस्था अझै प्रभावकारी होस भन्दै उहाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।