प्युठानका सबै मतगणना स्थलमा तारजालि सहित सिसी क्यामेरा जडान
प्युठान, २९ बैशाख
भोलि शुक्रवार हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि प्यूठानमा तारजालीसहित सीसी क्यामेरा जडान गरिएको छ । मतपत्र सुरक्षाका लागि जिल्लाका नौ वटै स्थानिय तहका मतगणनास्थलमा तारजालीसहित क्यामेरा जडान गरिएको हो ।
मतदानपछी सुरक्षित तरिकाले मतगणना गर्नका लागि जिल्लाका मतगणनास्थलमा आवास्यक तयारी पूरा गरिएको जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिनुभयो।
स्वर्गद्वारी नगरपालिका बाहेक जिल्लाका अन्य ८ स्थानीय तहको सम्बन्धित गाउँपालिकाको केन्द्रमा नै मतगणना गर्ने व्यवस्था मिलाइएको छ ।
गणक तारजालीभित्र र दलीय प्रतिनिधि बाहिरका घेरामा राखेर गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकारी श्रीवास्तवले बताउनुभयो।
प्यूठानमा कुल २ सय २० मतदान केन्द्र र १ सय ५१ मतदान स्थल तय गरिएको छ । यसका लागि १ हजार ८४ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताउनुभयो।