स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडि दुर्घटना हुँदा १४ जनाको मृत्यु
स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले उद्धार कार्य भइरहेको छ। दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा पठाइएको छ।