प्युठान नगरपालिका ७ मा गठबन्धन बिजयी

स्मृति घर्ति मगर प्युठान, प्युठान नगरपालिका ७ मा नेकपा एमालेलाई हराउदै संयुक्त गठबन्धन बिजयी भएको छ।
निर्वाचनमा गठबन्धन दलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका नेत्र बहादुर के सी लगायतको प्यानल बिजयी भएको हो।
मतगणनाको सुरुवाती देखि नै अध्यक्ष पदमा तिब्र प्रतिस्पर्धा चले पनि अन्तत के सीले २१ मतको थोरै अन्तरले बिजयी हासिल गरेका हुन। के सीले उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शेषमणी भट्टराईलाई पराजित गरि बिजयी भएका हुन। खसेको कुल १ हजार ६ सय ४० मत मध्ये गठबन्धन उम्मेदवारलाई ७ सय ४१ र नेकपा एमालेलाई ७ सय २० मत प्राप्त भएको थियो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।