झिमरुक ७ को वार्ड अध्यक्षमा कृष्ण जि. सी बिजयी
झिमरुक गाउपालिका वार्ड नम्बर ७ को वार्ड अध्यक्षमा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य कृष्ण जि सि बिजयी भएका छन। उनले १ हजार २ सय १ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धि नेकपा माओबादि केन्द्रका भक्तबहादुर जि सिले ५ सय ६७ मत प्राप्त गरेका छन। जिसिले ६ सय ३४ मतान्तरले नेकपा माओबादि केन्द्र र नेकपा एमालेकाे तालमेलमेलबाट उमेदवार दिएका वार्ड अध्यक्ष भक्तबहादुर जि सिलाई पछाडि पारेका हुन।
गाउपालिकाकाे ११ हजार ३ सय ९५ मतगणना हुदा हसिया हथाैडाबाट चुनाब लडेका एमाले र माओबादिका साझा उमेदवार पितबहादुर एम सिले५ हजार २ सय ८२ र गिलास चिन्हबाट चुनाब लडेका राजमाे र काङ्ग्रेसका साझा गाउपालिका अध्यक्ष पदका उमेदवार टिकाबहादुर जि सिले ५ हजार १ सय १५ मत प्राप्त गरेका छन।
उपाध्यक्षमा सुर्य चिन्हबाट चुनाब लडेकि माओबादि र एमालेकि साझा उमेदवार बिष्णा जि एमले ४ हजार ४१ मत ल्याउदा रुख चिन्हबाट चुनाब लडेका राजमाे र नेपाली काङ्ग्रेसका उपाध्यक्ष पदका उमेदवार प्रमाेद पाेख्रेलले ५ हजार ७ सय ६१ मत प्राप्त गरेका छन। अब ५ सय मत गणनाहुन बाकि भैरहदा पाेख्रेलले १ हजार ७ सय २० मत काे अग्रता लिदै भारि मतान्तरले जित शुनिश्चित गरेका छन।