झिमरुक गाउँपालिका अध्यक्षमा पितबहादुर महतरा क्षेत्री बिजयी

जेष्ठ ०४ प्युठान, झिम्रुक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पितबहादुर महतरा क्षेत्री बिजयी भएका छन् ।
माओवादी-नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका क्षेत्री ५ हजार ९ सय २९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जिसीले ५ हजार ६ सय ९६ मत ल्याए ।
उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल विजयी भएका छन् । उनले ६ हजार ४ सय १९ मत प्राप्त गर्दा नेकपा एमालेका विष्‍णु घर्ति मगरले ४ हजार ५ सय ६२ मत ल्याएर दोस्रो भइन् ।
झिम्रुक नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको गृह पालिका हो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।