प्युठानका नाै वटै स्थानिय तहकाे मत परिणमा सार्वजनिक

बिमल प्रसाद पाेख्रेल
२०७९, जेष्ठ ५,प्युठान
जिल्लाका नौ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले २२ वडा सहित ३ पालिका प्रमुख र ४ उपप्रमुख जितेको छ। माओबादी केन्द्रले दस वडा सहित ३ पालिकामा प्रमुख र १ उपप्रमुखमा जित निकालेको छ
कुल ६४ मध्ये २० वडामा जित्दै एमालेले २ वटा पालिकामा प्रमुख उपप्रमुखमा बर्चस्व कायम गर्यो भने राष्ट्रीय जनमोर्चाले १ प्रमुख र २ उपप्रमुख जितेको छ । १० वडामा राजमोले र स्वतन्त्र तर्फका उम्मेद्वारले २ वटा वडामा जितेको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिनुभयो ।

प्यूठान नगरपालिकामा गठबन्धनबाट माओबादीका विष्णु योगी मेयरमा र कांग्रेसका देवेन्द्र बर्मा उपमेयरमा निर्वाचित हुनुभएको छ।
योगीले ९ हजार ३ सय २३ र बर्माले ९ हजार ४ सय ९० मत ल्याएर विजयी हुनुभएको हो ।
मल्लरानी गाउंपालिकाको अध्यक्षमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका नेता कृष्णबहादुर खड्का र उपाध्यक्षमा कांगे्रसका रमेश श्रेष्ठले जीत्नुभएको छ । खड्काले ३ हजार ५ सय ७६ मत प्राप्त गर्दा श्रेष्ठले ३ हजार ३ सय ९१ मत पाउनुभयो ।
माण्डवी गाउंपालिकामा माओवादी केन्द्रका नवराज अधिकारीले ३ हजार ६ सय ७६ मतका साथ अध्यक्षमा विजयी हुनुभएको छ। यसअघि एमालेबाट निर्वाचित श्रीधर रोकालाई हराउंदै गठबन्धनको तर्फबाट अधिकारी विजयी हुनुभयो ।
स्वर्गद्वारी नगरपालिकामा गठबन्धनको तर्फबाट कांगे्रसका टेकप्रसाद भण्डारीले ७ हजार ७ सय २६ मत ल्याउदै मेयरमा निर्बाचित हुनुभयो । त्यस्तै उपमेयरमा राष्ट्रिय जनमोर्चाका मिनराज रानाले ७ हजार ३ सय ७७ मत प्राप्त गर्नुभयो ।

सरुमारानी गाउंपालिकाको अध्यक्षमा एमालेका झगबहादुर विश्वकर्मा विजयी भएका छन् । यसअघि पनि गाउंपालिकाको अध्यक्ष रहेका विश्वकर्माले ४ हजार २ सय ८० मत प्राप्त गरी विजयी हुनुभएको हो। एमालेकी बसन्ता खड्काले ४३ सय ९४ मत ल्याउदै उपाध्यक्ष जित्नुभयो ।
ऐरावती गाउंपालिकाको अध्ययक्षमा यसपाली पनि कांगे्रसका नविलविक्रम शाह विजयी हुनुभएको छ । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका नेता कृष्णप्रसाद श्रेष्ठ निर्वाचित हुनुभयो ।
यस्तै नौबहिनी गाउंपालिका अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ । डिलबहादुर थापाले ६ हजार ४ सय ८५ मत प्राप्त गर्दै अध्यक्षमा जित हासिल गर्नुभयो। त्यस्तै विष्णा थापाले ६ हजार २ सय ६३ मत प्राप्त गरी उपाध्यक्षमा विजयी हुनुभयो ।
राजमोको किल्लाका रुपमा रहेको झिमरुकमा यसपाली माओबादीले हात पारेको छ।

प्युठानको झिमरुक गाउँपालिका अध्यक्षमा माओबादी केन्द्रका पीत बहादुर एमसी र पालिका उपाध्यक्षमा
नेपाली कांग्रेसका प्रमोद पोखरेल विजयी भएका छन् ।

माओबादी प्युठानका संयोजक समेत रहेका एमसीले ५ हजार ९ सय २९ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राष्टिय जनमोर्चाका टिका जि।सी।ले ५ हजार ६ सय ९६ मत पाए ।
पालिका उपाध्यक्षमा पराजित एमालेकी बिष्णा घर्तीले ४ हजार ५६२ मत पाईन । झिमरुकमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो । त्यसैगरि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । गौमुखी अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी भएका छन।
त्यस्तै, गौमुखी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बिष्णु कुमार गिरी र उपाध्यक्षमा माओबादी केन्द्रका महावीर राना निर्वाचीत भएका छन् ।
दोश्रो कार्यकालका लागि गिरी निर्वाचित भएका हुन ।
कांग्रेस प्युठानका सभापती समेत रहेका गिरीले ३ हजार ६ सय ४९ मत पाएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जुमानसि जि।सी।ले २ हजार ८ सय मत पाए । राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उम्मेदवार ज्ञामुराम न्यौपानेले २ हजार ६२९ मत प्राप्त गरे।
पालिका उपाध्यक्षमा बिजयी रानाले ४ हजार ३४६ मत ल्याए भने उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेकी ज्ञानुमाया केसिले ३ हजार ३० मत प्राप्त गरिन भने राष्ट्रिय जनमोर्चाकी तारा पुरीले १ हजार १९७ मत ल्याईन।
पराजित एमालेकी ज्ञानुमाया केसीले ४ हजार ५६२ मत पाईन । गौमुखीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।