अर्घाखाँचीको शितखोलामा डुबेर प्युठानका २ जना ब्यक्तिको मृत्यु

जेष्ठ ०८ प्युठान, अर्घाखाँचीमा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर प्युठानको नौबहिनी गाउँपालिका ८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो। उनीहरू काका भतिज भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा पोस्टमार्टम गरी उनीहरूको शव आफन्तको जिम्मा लगाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।