जनताले दिएकाे समय जनताकै लागि: उपमेयर बर्मा

बिमल प्रसाद पाेख्रेल                                                जेष्ठ १४ प्युठान,  “बिकाश, अनुशासन, गतिशिलता सहित स्वास्थ्यकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद” भन्ने मुलनाराका साथ तेक्वान्दो डाेजाङ प्युठानले एक कार्यक्रमका बिच जिल्ला खेलकुद बिकास समितिकाे कभर्डहलमा खेलाडि प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण गरिएकाे छ।
कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिका उपमेयर देबेन्द्र बर्माले प्युठान नगरपालिकाकाे टिम युवाहरुकाे पक्षमा रहेकाे बताउदै हरेक युवाहरुलाई कसरी बहुआयामिक क्षेत्रमा प्रगतिशिल बनाउन सकिन्छ? विभिन्न बिकृति बिसंगतिबाट युवालाई कसरी बचाउन सकिन्छ? नया पुस्तालाई कसरी सृजनसिल बनाउन सकिन्छ? दस कक्षा पास गर्दा बित्तिकै बिदेशिने युवालाई कसरी स्वादेशमै राेकेर ब्यबसायिक बनाउन सकिन्छ? भन्ने बिषयमा प्रमुख चासाे रहेकाे बताउनु भयाे।पाच बर्षकालागि जनताबाट पाएकाे समय दिनरात नभनि जनताकै पक्षमा रहेर जनताका हरेक समस्याहरु समधान गर्नतिर लाग्ने समग्र युवाकाे सकरात्मक बिषयकाे परिबर्तनका लागि युवालाई कसरी नगरपालिका ले बहुआयाकमिक,शिक्षित,नैतिकवान,अनुशासित,उत्पादनसिल,बनाउन सकिन्छ भन्ने बिषयमा निरन्तर लाग्ने बताउदै खेलाडी प्रशिक्षक तथा प्रशिक्षार्थीलाई विशेष धन्यवाद दिदै बर्माले नगरपालिकाबाट युवा तथा खेलाडीका लागि साथ सहयाेग र समर्थन सधै रहने बताउनु भयाे।
प्युठानमा हरेक खेल क्षेत्रलाई ब्यबसायि बनाउनका लागि हामी परिक्षणमा छाै अब रिजल्ट निकाल्न लाग्नुपर्दछ प्युठान नगरपालिका ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले बताउनु भयाे। कार्यक्रमकाे अध्यक्षता प्युठान नगरपालिका वडा नम्बर सातका अध्यक्ष नेत्र केशिले गर्नुभएकाे थियाे।
गाैमुखि ३ रजबाराका भिमबहादुर पुन दुई बर्ष देखि तेक्वान्दो खेलमा लागेका छन । उनले खेलबाट राष्ट्र सेबक बन्ने ईच्छा राखेका छन।
प्युठान नगरपालिका ८ बाग्दुलाकि १४ बर्षिय सरस्वती घर्तिमगर दुई बर्ष अघि देखि तेक्वान्दो खेल सिक्न लागेकाे बताईन। खेलले स्वस्थ रहनमात्र नभई आत्मरक्षा गर्न सकिने र खेलबाटपनि केही याेगदान गर्न सकिने बताएकि छिन।  नाै बर्षिय बिन्दु सुनार प्रमाणपत्र पाउदा खुसिले गद गद भएकिछन।
प्युठान तेक्वान्दो डाेजाङ प्रशिक्षक बिष्णुकुमार थापा मगरले रेटबेल्ट प्राप्त सुबास घर्तिमगर सहित ६८ जनाले बिभिन्न बिधाका तेक्वान्दो बेल्टहरुकाे प्रमाणपत्र पाएकाे बताउनु भयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।