नव गायीका सरस्वती के. सी को नयाँ गीत “आफ्नै बाटो” सार्बजनिक

स्मृति घर्ति मगर प्युठान, प्युठानी नव गायिका सरस्वती के.सीको दोस्रो लोक दोहोरी गीत “आफ्नै बाटो” म्युजिक भिडियो सहित सार्बजनिक भएको छ।
जुन गीतमा स्वर्गद्वारी नगरपालिका वार्ड नं २ जोगिमारामा जन्मिनु भएकी नव गायीका सरस्वती के. सी र चर्चित गायक अर्जुन सापकोटाको स्वर रहेको छ।
गीतमा दिनेश बिश्वकर्मा र सुस्मा तामाङ्गको शब्द रहेको छ भने लय राजन बस्नेतको रहेको छ।
गीतमा नायिका/मोडल एलिना रायमाझी र भुपेन्द्र थापाको निकैनै मर्मस्पर्शीय अभिनय देख्न सकिन्छ।
खेमराज गौतमले एरेन्ज गर्नु भएको गीतको रेकर्डिङ सुमन राना र खुमन रानाले गर्नु भएको थियो। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड भएको गीत “आफ्नै बाटो” राजन बस्नेत युट्युब च्यानलबाट सार्बजनिक भएको हो। यस अघि गायिका के. सी को लोक दोहोरी गीत “छानो खरको” पनि युट्युबमा सार्बजनिक भैसकेको छ। भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस।              https://youtu.be/kTXYQT4vt-s

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।