मरन्ठाना आमडाडा निवासी एक महिला १० दिन देखि सम्पर्क बिहिन
असार २८ प्युठान, प्युठान नगरपालिका –१० आमडाडा निवासी एक महिला १० दिन्देखी सम्पर्क बिहिन भएकि छिन। आमडाडा निवासी ३६ बर्षिय बिनोद के सिका श्रीमति ३२ बर्षिय रिमा के सि गत असार १९ गते देखि परिवारसंग सम्पर्क बिहिन रहेको श्रीमान बिनोदले बताएका छन ।
गएको १० दिनदेखि खोजिकार्य गर्दा पनि अहिलेसम्म कुनै सुचना प्राप्त गर्न नसकेको श्रीमान केसीले बताए । सम्पर्क बिहिन भएको १० दिन बित्दा समेत कुनै खबर नआएपछि केसि परिबार चिन्तित हुदै खोजि कार्यमा सहयोग गर्नको लागी आग्रह गरेका छन । माइतिघर लमही नगरपालिका १ बसन्तपुर पुग्दा समेत त्यहाँ पनि नरहेको श्रीमान बिनोदले बताए। मरन्ठाना प्रहरी चौकिमा समेत आफुले श्रीमतिको हुलिया बताएको र खोजि गरिदिन आग्रह गर्दा समेत श्रीमति नभेटिएकाले आफुहरु चिन्तित भएको केसी को भनाई छ।
घरमा कुनै विवाद विना नै असार १९ गते घरमा रहेको नगद रु ८० हजार र ३ तोला सुन सहित सम्पर्क विहिन भएको श्रीमान बिनोदले बताएका छन ।
उनिहरुको विवाह भएको १४ बर्ष पुगेको छ । अहिले केसीका कक्षा ७ मा अध्यनर १३ बर्षिय छोरि र कक्षा ५ मा अध्यनरत ११ बर्षिय छोरा रहेका छन । कतै देखिए वा भेटिए नजिकैको प्रहरी कार्यालय तथा श्रीमान बिनोद के सिको सम्पर्क नं. ९८६३१२६२४० र ९८५७८४२४७८ मा सम्पर्क गरिदिनुहुनको लागी केसी परिवारले आग्रह गरेको छ ।