झिमरुकको सार्वजनिक सुनुवाई :पालिकाको सेवा र बिकासप्रति प्रतिबद्वता।

झिमरुकको सार्वजनिक सुनुवाई :पालिकाको सेवा र बिकासप्रति प्रतिबद्वता।
बिमल प्रसाद पाेख्रेल
प्युठान । झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पालिकाको बिकास र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन आफुहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । आज गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले जनतालाई बढि भन्दा बढी लाभ पुग्ने गरी योजना बनाएको बताउनुभयो ।
उहाँले जवाफदेही भएर झिमरुकको बिकास र समृद्धि अभियानमा लागेको बताउनुभयो । पालिका भित्र रहेका सम्भावनालाई समेट्ने गरी झिमरुकको बिकास र समृद्धिको लागि बिज्ञ सहितको कार्यशाला फागुन ८ र ९ गते तय गरेको समेत जानकारी दिनुभयो ।
उहाँले पालिकाले ठुला योजना सहित जनताको आवश्यकताको आधारमा योजना तय गरिएको उल्लेख गर्नुभयो । १५ शैयाको अस्पताल, चिस्यान केन्द्र, ठूला सडक पुर्वाधारको योजना अघि बढाएको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेलले सार्वजनिक सुनुवाईले पालिकाको काम कार्वाहीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो । अहिले पालिकाको योजनाको काम तीब्र रुपमा अघि बढेको जानकारी दिनुभयो । योजना समयमै सप्पन्न गर्न बिहानदेखि साझसम्म निरन्तर खटिएको बताउनुभयो ।
उपाध्यक्ष पोख्रेलले जनताको आवश्यकतालाई क्रमशः पुरा गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । सबै पक्षलाई समेट्दै बिना आग्रह पुर्वाग्रह काम गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले यस आर्थिक वर्षको पुस मसान्तसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संघर्ष मिडिया प्रालिले सहजीकरण गरेको कार्यक्रममा पालिकाले गरेका बिभिन्न गतिविधिमा सवाल उठेका थिए । पत्रकार प्रज्वल पहाडीले नागरिक प्रतिबेदन पत्र र बहिर्गमन अभिमत पत्रको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन पत्रकार सुजल श्रेष्ठले गर्नुभएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।