फागुन १५ गते भित्र जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेल गर्नु पर्ने

फागुन १५ गते भित्र जिल्ला स्तरिय रनिङ्ग गर्नु पर्ने
बिमल प्रसाद पाेख्रेल
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि लुम्बिनी प्रदेशले मिति र स्थान तय गरेको छ । लुम्बिनी प्रदेश राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बिहिबार बुटवलमा बसेको बैठकले प्रदेश स्तरीय प्रतियोगिता यहि फागुनको १९, २० र २१ गते रुपन्देहीमा गर्ने निर्णय गरेको हो ।
उक्त प्रतियोगिताको लागि केन्द्रमा फागुनको २४, २५ र २६ गते मिति तय भईसकेको छ । बैठकले यहि फागुन १५ गते भित्रै सक्नेगरी जिल्लालाई निर्देशन गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी गराउनु भयो ।
त्यस्तै बैठकले आवश्यक कार्यसम्पादनको लागि सदस्य सचिव भट्टराईलाई सबै जिम्मेवारी प्रदान गरेको छ । अघिल्लो वर्ष नेशनल च्याम्पियन बनेको लुम्बिनी प्रदेश यो वर्ष अझै बढी तयारीका साथ अगाडि बढिएको सदस्य सचिव भट्टराईले बताउनु भयो ।
बैठकमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख मनोज गैरे, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल नेपालका प्रतिनीधि, खेल संघका प्रतिनीधिहरु तथा मन्त्रालयका कर्मचारीहरु सहभागि थिए ।
अघिल्लो वर्ष रोल्पा जिल्ला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि भएको थिएन । त्यस्तै धेरै पालिकाहरु पनि थिएनन् । यो वर्ष रोल्पाले पनि सहभागिता जनाउँदै छ । सदस्य सचिव भट्टराईका अनुसार यो वर्ष प्रदेशका १२ वटै जिल्ला र अधिकाँश पालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुँदैछन् ।
कक्षा १२ सम्म अध्ययन गर्ने र १८ वर्ष मनीका बालबालिका सहभागि हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिवलमा महिला÷पुरुष, कवड्डीमा महिला÷पुरुष, एथेलेटिक्स तथा मार्सल आर्टमा उसु, कराँते र तेक्वाण्डो गरी ६ विधाका प्रतियोगिता समावेश गरिएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।