प्यूठानको झिमरुक गाउँपालिकाले क्रिकेट खेलाडी प्रतिस जिसीलाई सम्मान गरेको छ ।

प्यूठानको झिमरुक गाउँपालिकाले क्रिकेट खेलाडी प्रतिस जिसीलाई सम्मान गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहेका जिसीलाई एक लाख रुपियाँ नगदसहित सम्मान पत्रका साथै खादा ओढाएर गाउँपालिकाले सम्मान गरेको हो ।
झिम्रुक गाउँपालिका -३ लामासेराका स्थायी बासिन्दा जिसीले हालै यूएईमा सम्पन्न भएको आईसीसी यू-१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।
क्रिकेट खेलमार्फत प्यूठान जिल्ला र झिमरुक गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै गाउँपालिकाले नगदसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष पितबहादुर एम सिले  बताउनुभयो।
जिसिलाई खेल क्षेत्रमा थप हौशला मिलोस भनेर ब्याक्तिगत रुपमै उपाध्यक्ष प्रमोद पोख्रेल र अमेरिका बस्ने कुसराज पोख्रेलले ५०/५० हजार रुपियाँ प्रदान गर्नुभयो।
कार्यक्रममा क्रीकेटर जिसीले जन्मभुमीमा आफूलाई गरिएको सम्मानले थप ऊर्जा मिलेको प्रतिक्रिया दिनुभयो । आगामी दिनमा समेत उत्कृष्ट खेल प्रदर्शन गरी नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन अहोरात्र खटिने उहाको संकल्प छ । प्यूठान जिल्लाबाट राष्ट्रिय टिमका सदस्य बन्ने जिसि पहिलो ब्याक्ती हुन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।