६ वटा संस्थालाई उपचुनावकाे पर्यवेक्षण गर्न अनुमति

वैशाख १० गते आइतवार हुने प्रतिनिधि सभा सदस्यको उपचुनाव

निर्वाचन आयोगले आउँदाे वैशाख १० गते आइतवार हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि छ वटा संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ ।

निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति , सुशासन महासङ्घ नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र ,  विश्व उपभोक्ता महासङ्घ नेपाल, पूर्व न्यायाधीश फोरम नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल छन् । यी संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाई सिफारिश भई आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइनेछ ।

हिजाे मङ्गलवार बसेकाे आयाेगले बैठकले यी छ वटा संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएकाे हाे ।

‘पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बमोजिम पेस भएका सात वटा निवेदनमाथि निर्वाचन पर्यवेक्षण निर्देशिका २०७९ बमोजिम छ संस्थाले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको छ’, आयोगले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

बारा निर्वाचन क्षेत्र नम्बर २, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।