स्थानीय उधाेगलाई प्राेत्शाहन गर्न डाेकाे बुन्ने प्रतियोगिता सम्पन।भिडियाे सहित।

स्थानीय उधाेगलाई प्राेत्शाहन गर्न डाेकाे बुन्ने प्रतियोगिता सम्पन।

नया बर्षकाे पावन अबसरमा प्युठानकाे झिमरुक गाउपालिका पाच ओखरकाेटमा डाेकाेबुन्ने प्रतियोगिता सम्पन भएकाेछ ।स्थानिय उत्पादनलाई प्रस्फुटन गर्ने तथा स्थानिय कला सस्कृतिकाे जगेर्ना गर्ने हेतुले ओखरकाेट चाेयाचित्र उधाेगले आयाेजना गरेकाे डाेकाे बुन्ने प्रतियोगिता परम्परागत घरेलु सामाग्रि प्रदशन तथा लाेकनृत्य प्रतियोगिता कार्यक्रममा डाेकाे बुन्ने कार्यक्रम विशेष आकर्षक बनेकाे हाे।

जिल्ला समन्वय समिति प्युठानका अध्यक्ष धरम बहादुर जि सि काे प्रमुख आतिथ्यतामा सुरु भएकाे कार्यक्रमकाे सबाेधन गर्दै जिसिले स्थानीय उधाेगले तयार पारेका सामाग्रिहरु स्थानीय तहहरुले कार्यलय प्रयाेजन तथा अन्य कामकाेलागि खरिद गरि सहयाेग पुराउन अनुराेध गरेका छन।स्थानिय बासलाई प्रयाेजन गर्ने उदेश्यले यसअघि चैत्र २४ गते देखि एकहप्ता चाेयाचित्र बाट विभिन्न सामाग्री बनाउने तालिम संचालन गरिएको थियाे।तालिममा बार्ह जना सहभागी थिए तालिम पैतालिस दिनसम्म संचालन हुनेछ  निकै उत्साहका साथ सहभागीले एकहप्तामै डाेकाे,मान्द्राे,डाला,सुपा,बास्केट,ढाकि,प्रिङगाे,ढडिया,मुडा,स्टुल बेन्च टेबुल,चिया बकस तथा विभिन्न चरा तथा फुलका आकर्षक चित्रहरु तयार बनाउन सफल भएका छन।
तालिमका प्रमुख प्रशिक्षक धनकुटा निबासि तुलमान राईले तालिम दिएका थिए उनका अनुसार ओखरकाेटमा ढडिएका बासले सिङ्गाे नेपाललाई पुग्ने सामाग्री उत्पादन हुने बताए तालिममा स्थानियहरुले निकै चासाे दिएर सामाग्री निमार्ण गरि आम्दानि गर्न थालेकाे राईले बताए।
डाेकाेबुन्ने प्रतियोगितामा स्थानीय आठ जनाले सहभागी जनाएका थिए  ५० बर्षिय रामबहादुर बि कले ५९ मिनेटमै ९५ डिग्रिकाे काेणमा १८ ईन्च गाेलाईमा१८ ईन्च डाईमिटरकाे डाेकाे तयार पारेका हुन ।त्यस्तै साेहि साईजमा ६५ मिनेटमा डाेकाे तयार पारि स्थानिय अर्जुन बि क दाेस्राे र गंगाबहादुर सुनारले आकर्षक डाेकाे तयार गरि तेस्राे स्थान जित्न सफल भएका छन ।
प्रतियाेले प्रथम पुरस्कार तीन हजार दाेस्राे दुई हजार र तेस्राे एक हजार र प्रमाणपत्र पाउनेछन।डाेकाे बुन्ने प्रतियोगितामा भागलिने सहभागीहरुलाई ओखरकाेट चाेयाचित्र उधाेगका अध्यक्ष प्रदिप जिसिले नगद पाच पाचसय रुपैया पुरस्कार उपलब्ध गराएका थिए।
लाेकनृत्य तर्फ चाैधजनाले सहभागी जनाएका छन प्रथम दाेस्राे र तेस्राे स्थान लिनेहरुले क्रमस तिनहजार दुई हजार र एकहजार नगद सहित प्रमाणपत्र पाउनेछन ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।