प्युठान अस्पतालकाे अध्यक्षमा बिजय बिराज बिष्ट नियुक्त।

बविता रिजाल

बैशाख ४ प्युठान

विगत एक वर्षदेखी रिक्त रहेको प्युठान अस्पताल बिजुवारको ब्यबस्थापन समितिको अध्यक्षमा बिजय बिराज बिष्ट नियुक्त भएका छन । आइतबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्युठान अस्पतालको अध्यक्षमा बिष्टलाई नियुक्त गरेको हो । प्रदेश सरकारले ब्यबस्थापन समिति सदस्यमा राधिका खड्कालाई नियुक्त गरेको छ । अध्यक्ष बिष्ट नेकपा(एमाले) प्युठानका अध्यक्ष हुन। प्यूठान नगरपालिका २ दाखाक्वाडी निवासी बिष्ट विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रीय छन् ।
नेकपा माओवादी केन्द्रका नेता पित बहादुर महतरा झिमरुक गाउँपालिकाको अध्यक्ष निर्वाचित भएदेखी पद रिक्त थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।