सामुदायिक बिधालयमा भर्ना शुल्क लिने स्थानीय निकायलाई नेबिसंघकाे चेतावनी ।

सामुदायिक बिधालयमा भर्ना शुल्क लिने स्थानीय निकायलाई नेबिसंघकाे चेतावनी ।
बविता रिजाल
बैशाख ५ प्युठान
प्युठानका कतिपय सामुदायिक बिधालयहरुले विभिन्न बाहानमा बिधार्थिबाट भर्ना शुल्क लिएकाले नेपाल बिधार्थि संघ प्युठानले आज प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएकाे छ।
देशभर नया शैक्षिकसत्र २०८० सरु भईरहदा प्युठान जिल्लाका केही स्थानीय तहअन्तर्गतका केही सामुदायिक बिधालयहरुले नेपालकाे संविधान अनुसार आधारभुत तह निशुल्क हुनुपर्नेमा संबिधान बिपरित बिधार्थिबाट अनेक बाहाना बनाई रकम उठाएकाे प्रति नेबिसंघले प्रमुख जिल्ला अधिकारी मार्फत स्थानीय तहलाई ध्यानाकर्षण गराएकाेछ।
ने बि संघ प्युठानका अध्यक्ष कल्याण बिक्रम के शिकाे हस्ताक्षर रहेकाे ज्ञापनपत्रमा संबिधानमा ब्यबस्था भए बमाेजिम निशुल्क पढ्न पाउने बिधार्थिहरुकाे हक अधिकारलाई ग्यारेन्टि गर्न माग गरिएको छ ।मागकाे सुनुवाई नगरि बिधार्थिकाे अधिकारमाथि संबधित पक्षले खेलवाड गरेमा कडा संघर्षमा उत्रने चेतावनि दिएका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।