प्युठानमा भएकाे कार दुर्घटनामा आठजनाकाे मृत्यु

प्युठानमा भएकाे कार दुर्घटनामा आठजनाकाे मृत्यु

बिमल प्रसाद पाेख्रेल

प्युठान, जेठ २९ गते ।

 प्युठान ,स्वर्गद्धारी दर्शन गरी फर्किएको कार दुर्घटनामा सबार,रहेका आठै जनाको मृत्यु भएकाे जिल्ला अस्पताल प्युठानकि डाक्टर प्रतीक्षा मिश्रले बताउनु भयाे। स्वर्गद्वारी भिंगृ सडकमा लु १ च ६३४५ नम्वरको जीप टाकुरा भन्ने स्थानमा दुर्घटना भएको हो ।

स्थानीयका अनुसार गाडी चालक लमही नगरपालिका-५ का तारा बहादुर  कुमालको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन । कार सडकको माथिल्लो घुम्टीबाट पल्टिएर  तल्लो घुम्टीमा पुगेको थियो । उनीहरु सवै कारमा चापिएका थिए ।कार झन्डै ५० मिटर तल खसेर छेतबिच्छेत अबस्थामा रहेकाे थियाे।घटना स्थलमा नेपाली सेना,नेपाल प्रहरी र स्थानियहरु घटिएका थिए मृतक सबैकाे सब जिल्ला अस्पताल प्युठानकाे पाेस्ट्रमार्टममा राखिएकाे छ।मृतककाे पहिचान अझैसम्म खुलेकाे छैन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।