विपद व्यवस्थापन सम्बन्धि पुर्बतयारी एकीकृत अभ्यास सम्पन

विपद व्यवस्थापन सम्बन्धि पुर्बतयारी एकीकृत अभ्यास सम्पन
बिमल प्रसाद पाेख्रेल
प्युठान झिमरूक खाेलामा नेपाली सेना श्री बर्दबहादुर गण प्युठानको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,शसस्त्र प्रहरी बल गुल्म , नेपाल रेडक्रस साेसाईटी प्युठानको बिशेष सहयोगमा विपद व्यवस्थापन पुर्ब तयारी सम्बन्धि जिल्ला स्तरिय एकीकृत “अभ्यास हातेमालाे” कार्यक्रम सम्पन्न भएकाे छ।
नेपाली सेनाकाे आयाेजनामा प्युठान बिजुवारमा रहेकाे श्री बर्दबहादुर गुल्म परीसरमा कागति,टिमुर ,अम्बा रिठ्ठा,लगाएतका बिभिन्न जातका ३०० बिरुवाहरुकाे राेपण गरिएकाेछ।
बृक्षराेपणमा तथा अभ्यास हातेमालाे कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्माको प्रमुख आतिथ्यता रहेकाे थियाे। लुम्बिनी प्रदेश सासंद निमा गरि,धनलक्ष्मी श्रेष्ठ , जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सि,स्थानीय तहका प्रमुखहरू, लुम्बिनी प्रदेशका आन्तरिक मामिला,कानुन तथा सहकारी मन्त्रालय सचिव लाल बहादुर कवाडी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु ,स्थानीय संचारकर्मी र सुरक्षा निकाय अभ्यासमा खटिएका सकल दर्जाका गरि करिब १२० जानको उपस्थितिमा बृक्षराेपणा तथा बिपत ब्यबस्थापन पुर्ब तयारी हातेमालाे अभ्यास सम्पन्न भएको हाे ।


नेपाली सेना, शस्सत्र प्रहरी,नेपाल प्रहरी रेडक्रस लगाएतले अभ्यासकार्यक्रममा बिपतमा परि भिरमा अड्किएको ,बाढी आई डुबानमा परेको र खोलाले बगाएको मानिसहरुलाई कसरी उद्दार गर्ने भन्नेबारे अभ्यास प्रदर्सन गरीएकाे थियाे। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद तुल्सिराम शर्माले प्युठान जिल्ला भगाैलीक बनावटको हिसाबले विपद व्यवस्थापनमा उच्च जाेखिम रहेको तथा प्रदेश सरकारले विपद सम्बन्धि सामाग्रीको लागि आबश्यक पहल गरिरहको र स्थानीय तहमा पनि विपद सम्बन्धि जनचेतनामूलक अभ्यास संचालन गर्नु पर्ने,बताए। सर्माले विपद सम्बन्धि अभ्यास हातेमालो कार्यक्रम गरेकोमा नेपाली सेना तथा गणपति प्रमुख सेनानि रमेश थापा लाई विशेष धन्यवाद तथा प्रशंसा गरेका छन ।प्युठानमा बिपतमा परी बर्सेनि दर्जनाै मानिसले ज्यान गुमाउने गरेका छन ।बाढि, पहिराे,आगलागि,चट्याङ्ग जस्ता बिपतले बर्सेनि सताईरहेकाे र ठुलाे क्षति ब्यहाेर्नु परेकाे सर्माले बताए।।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।