प्युठान जिल्ला पूर्णखाेप सुनिश्चितता घाेषणा

प्युठान जिल्ला पूर्णखाेप सुनिश्चितता घाेषणा
बिमल प्रसाद पाेख्रेल
स्थानीय स्राेतकाे उपयोग ,स्वामित्व र सहभागिता र पुर्णखाेप सुनिश्चितता ,हाम्राे प्रतिबद्धता भन्ने मुल नाराका साथ राष्ट्रिय खाेप कार्यक्रम पुर्णखाेप दिगाेपना शुनिश्चितता घाेषणा सभा प्युठानमा सम्पन्न भएकाे छ। जिल्लालाई पूर्णखाेप दिगाेपना सुनिश्चितता घाेषणा गर्दै कार्यक्रमका पणरमसख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री मा. राजु खनाल । कार्यक्रमलाई सम्बाेधन गर्दै स्वास्थ्य मन्त्री मा. राजु खनालले सर्ने राेगबाट बचाउन खाेप अनिवार्य भए जस्तै नसर्ने राेग लाग्न नदिन सचेतना अभियान चलाउन पनि आबश्यक रहेकाे बताउनु भयाे । यस्का लागि प्रदेश सरकारले भान्सा सुधार कार्यक्रम ल्याएकाे बताउनु भयाे ।

मन्त्री खनालले मातृ मृत्युदर घटाउन तिनै तहकाे सरकारले एक भएर काम गर्नुपर्नेमा जाेड दिनुभयाे । स्वास्थ्यलाई विमासँग जाेड्न सकियमा नागरिकले सुलभ रूपमा उपचार सेवा पाउने भन्दै मन्त्री खनालले सिकलसेल जस्ता विरामीकाे प्रदेश सरकारले निशुल्क विमा गर्ने नीति ल्याएकाे बाउनुभयाे ।
पहाडमा काम गर्ने प्राविधिक चिकित्सकलाई थप सुविधा दिएर भएपनि टिकाई राख्न बजेट विनियाेजन गरिएकाे बताउनु भयाे । अस्पतालमा प्रविधि सहित जनशक्ति ब्यबस्थापनका लागि प्रदेश निजामति ऐन पारित भए सहज हुने बताउनु भयाे । प्रदेश सरकारले निजामति सेवा ऐन चालु अधिबेशनबाटै पारित गर्ने तयारि गरिरहेकाे जानकारि दिनुभयाे । याे ऐन प्रदेश मन्त्रीपरिषदले पारित गरिसकेकाे छ । आगामि प्रदेश सभा बैठकमा याे विधेयक पेश गर्ने तयारि प्रदेश सरकारले गरिरहेकाे छ।कार्यक्रममा प्रदेश याेजना आयाेगका उपाध्यक्ष डा. नहकुल केसी, स्वास्थ्य सचिव डा. जनार्दन पन्थी लगायतकाे सहभागिता रहेकाे थियाे । प्युठान जिल्लाका खाेप लगाउने उमेर समूहका सबै बालबालिकाले सबै प्रकारका खाेप लगायकाे सुनिश्चित भएपछि खाेप सुनिश्चित भएकाे घाेषणाा गरिएकाे हाे ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।