लायन्स क्लब अफ प्युठानकाे अध्यक्षमा सर्मा र भित्रिकाेटकाे अध्यक्षमा पार्धे निर्बाचित

बिमल प्रसाद पाेख्रेल
साउन ८ प्युठान
लायन्स क्लब अफ प्युठानकाे पद हस्तान्तरण कार्यक्रम साेमबार जुम्रि स्थित हाेटल आयुष्मामा सम्पन भएकाे छ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका गर्भनर मुकुल ढकालले पानसमा बत्तिबालेर उद्घाटन गर्दै आफुले आफैलाई सम्मान गर्ने खर्च कटाैटि गरि दिनदुखिलाइ सेबा गर्ने स्थानिय तह, संघसंथालगाएतले दिएकाे सहयाेगमा क्लबले २५ % थपेर समाजमा काम गर्ने बताउनु भएकाे छ।लायन्स क्लबले कुनै निश्चित ठाउमा मात्रै नभएर बिश्वकाे जुनसुकै ठाउमा सहयाेग गर्न सक्ने क्लबका गर्भनर मुकुल ढकालले बताउनुभयाे।साथै ढकालले लायन्स क्लब अफ प्युठान र लायन्स क्लब अफ प्युठान भित्रिकाेटका नबनिर्बाचित पदाधिकारीकारीलाई पद तथा गाेपनियताकाे सपथ संगै लायन्स ब्याज बितरण गर्नुभएकाे हाे।

लायन्स क्लव अफ प्यूठानको अध्यक्षमा झविन्द्र शार्मा र लायन्स क्लव अफ झित्रीकोटको अध्यक्ष पदमा खिमप्रसाद पार्धेले आज पदभार ग्रहरण गर्नुभएको छ ।

कार्यक्रममा शुभकामना मन्तब्य दिदै लुम्बिनी प्रदेस सांसद धनलक्ष्मि श्रेष्ठले ब्यक्तिगत तर्फ र प्रदेस सरकारले गर्न सक्ने सहयाेग निरन्तर रहने जिल्ला अस्पतालमा लायन्स क्लबले उपलब्ध गराएकाे डायलसिस मेसिन छिटोभन्दा छिटाे जडान गर्न पहल गर्ने बताउदै सानाे सहयाेग र थाेरै समय छुट्टाएर लायन्स मार्फत समाजसेबामा लाग्ने सम्पूर्णलाई धन्यवाद दिनु भयाे।

त्यस्तै लुम्बिनी प्रदेस सासंद निमा गिरीले याे क्लबले सदस्य बढाउदै जायाेस उदारणिय कार्य गर्दै जायाेस र पुरस्कृत हाेस भन्दै शुभकामना दिनुभयाे।क्ल्बले बार्षिकरुपमा गर्ने कार्य बुदागत रुपमा पुर्ब जानकारी गराएकाे,गरेकाकार्यहरुकाे यथार्थ प्रतिबेदन पेश गरेकाले निस्वार्थ सामाजिक सेवामा लागेकाेले क्लबकाे प्रशंसा गर्दै सरकारबाट हुनसक्ने समन्वयकारी भुमिका साथ सपाेर्ट निरन्तर रहने सांसद गिरीले बताउनु भएकाे छ।

शुभकामना दिदै लुम्बिनी प्रदेश सासंद तुल्सिराम सर्माले याे संथा सामाजिक क्षेत्रकाे आन्दाेलन गर्ने संथाकाे रुपमा आफुले बुझेकाे भन्दै लायन्समा लाग्ने ब्यक्ति मनकारि दानबिर सहयाेगि हुने बताउनु भयाे।।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।