प्युठानकाे ८३ कराेड बजेट फ्रिज

प्यूठान। जिल्लाको झण्डै ८३ करोड रुपैया बजेट फ्रिज भएको छ। संघ, प्रदेश सरकारबाट जिल्लास्थित कार्यालय तथा स्थानीय तहलाई प्राप्त हुने बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक विष्णुभक्त थापाले जानकारी दिए।
कार्यालयका अनुसार जिल्लामा गत आवमा प्राप्त चालु र पूँजीगत गरी ८ अर्व ४८ करोड ६६ लाख २० हजार ८३० प्राप्त बजेटमध्ये ७ अर्व ६५ करोड २० लाख ७ हजार ६८३ खर्च भएको छ। भने ८३ करोड ४६ लाख १३ हजार १४७ रुपैया बजेट फ्रिज भएको हो। जम्मा बजेटकाे जम्मा करिव १० प्रतिशत बजेट फ्रिज भएकाे हाे ।
जिल्लामा केन्द्र र प्रदेश सरकार अन्तर्गत कार्यालयको ४५ करोड १४ लाख ४ हजार १९८ रुपैया बजेट फ्रिज भएको छ। त्यस्तै स्थानीय तहको मात्र ३८ करोड ३२ लाख ८ हजार ९४९ रुपैया बजेट फ्रिज भएको छ।
सबैभन्दा बढि बजेट ऐरावती गाउँपालिकाको फ्रिज भएको छ। ३९ करोड ४४ लाख १५ हजार बजेट प्राप्त भएकोमा ३१ करोड ६७ लाख ४८ हजार ९१९ खर्च भई सात करोड ७६ लाख ६६ हजार ८१ रुपैया बजेट गत आवमा फ्रिज भएको छ।
त्यस्तै बजेट धेरै फ्रिज हुनेमा प्यूठान नगरपालिकाको ६ करोड ६२ लाख ७९ हजार ८५७, झिमरुक गाउँपालिकाको ४ करोड ८५ लाख ९८ हजार ३८ रुपैया रहेको छ। सरुमारानी गाउँपालिकाको ३ करोड ९४ लाख २८ हजार ४७७ रुपैया बजेट फ्रिज भएको छ।
यस्तै मल्लरानी गाउँपालिकाको ३ करोड ७४ लाख ९७ हजार ५८९, माण्डवी गाउँपालिकाको ३ करोड ६२ लाख ६ हजार ९०६ र स्वर्गद्धारी नगरपालिकाको २ करोड ८७ लाख ७१ हजार ४४१ रुपैया बजेट फ्रिज भएको छ।
यस्तै गौमुखी गाउँपालिकाको २ करोड ७६ लाख ९७ हजार ७३२ रुपैया र नौबहिनी गाउँपालिकाको २ करोड १० लाख ६२ हजार ८११ रुपैया बजेट फ्रिज भएको छ।
स्थानीय तहको गत आवको बजेटमा सबैभन्दा धेरै ९५ प्रतिशत नौबहिनी गाउँपालिकाले खर्च गरेको छ।
प्यूठान जिल्लाबाट संघ र प्रदेशलाई जाने राजश्व ७२ करोड २२ लाख ७६ हजार २०२ रुपैया जम्मा भएको कोष नियन्त्रक थापाले जानकारी दिए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।